दफा २५क
स्तरवृद्धि तथा बढुुवा सम्बन्धी विशेष व्यवस्था
(१) यस ऐनमा अन्यत्र जुनसुुकै कुरा लेखिएको भए तापनि एउटै तहमा पन्ध्र वर्षसम्म बहाल रहिरहेको दशौं तहसम्मको स्वास्थ्य सेवाको कुनै कर्मचारीको दफा ४५ बमोजिम अवकाश हुन एक महिना बाँकी भएमा निजलाई एक तह माथिको पदमा स्तरवृद्धि वा बढुवा गरिनेछ ।
(२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एउटै तहमा पन्ध्र वर्षसम्म बहाल रहिरहेको दशौं तहसम्मको स्वास्थ्य सेवाका कुनै कर्मचारीले दफा ४६ बमोजिम स्वेच्छिक अवकाश लिन चाही निवेदन दिएमा निजलाई एक तह माथिको तहमा स्तरवृद्धि वा बढुवा गरी अवकाश दिइनेछ ।
(३) उपदफा (१) बमोजिम स्तरवृद्धि वा बढुुवा गर्नको लागि स्वतः विशेष पद सृजना हुने छ र त्यस्तो कर्मचारी स्वास्थ्य सेवाबाट अवकाश भएपछि सो पद स्वतः खारेज हुनेछ ।
(४) यस दफा बमोजिम स्तरवृद्धि वा बढुवा पाउने कर्मचारीलाई निजले तल्लो तहबाट अवकाश लिँदा पाउने सुविधाभन्दा कम सुविधा नहुने गरी सुविधा प्रदान गरिनेछ ।